पिकअपबाट खसेर एक युवाको मृत्यु • Image Khabar Image Khabar


पिकअपबाट खसेर एक युवाको मृत्यु


Imagekhabar
२१ पुष २०७४, शुक्रबार १०:३६

पिकअपबाट खसेर एक युवाको मृत्यु

मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन् । बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । पिकअप र चालक संखुवासभाको स्यावुन–८ घर भई हाल धनकुटा–७ बस्ने ४७ वर्षीय गयराम श्रेष्ठलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्