२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बादी समुदायका घर परिवारलाई न्यानो कम्बल वितरण


0
Shares

केहीदिन यता कैलालीमा बढ्दै गएको चिसोले भूमिहीन बादी बस्तीका बालबालिका तथा जेष्ठ नागरिक प्रभावित हुन थालेपछि प्रदेश नम्बर ७ स्तरीय नेपाल प्रहरी श्रीमती संघले न्यानो कम्बल वितरण गरेको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा नेपाल प्रहरीका ७ नम्बर प्रदेश प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले नेपाल श्रीमती संघले देशब्यापी रुपमा गर्दै आइरहेका विभिन्न सामाजिक कार्य अन्तर्गत न्यानो कपडा वितरण गरेको बताए । उनले नेपाल प्रहरी सधैं जनतालाई दुःख परेका बेला साथमा रहने बताए ।

प्रदेश नम्बर ७, नेपाल प्रहरी श्रीमती संघले न्यानो कपडा दिएपछि बल्चौरका बादी समुदायले खुशी ब्यक्त गरेका छन् । उनीहरुले बालबालिका र बृद्धबृद्धालाई चिसोबाट बचाउन समस्या भईरहेको बताए ।