
काठमाडौंको भृकुटीमन्डपमा शुक्रबारदेखि सुरु भएको हिमालयन एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जनआकांक्षाअनुरुप समृद्ध नेपालको सपना साकार गर्न देशको अपार जलस्रोतको अधिकतम् सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।
उनले यसका लागि सरकारले स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले ऊर्जाको प्रयोगले राष्ट्रको आयमा वृद्धि हुनुका साथै मुलुकलाई औद्योगिकीकरणमा लैजान सहयोग मिल्ने विश्वास व्यक्त गरिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले ऊर्जा नै राष्ट्रिय अर्थतन्त्रको मूल सूचक रहेको बताइन् ।
उनले लगानीको वातावरण नहुँदा पनि निजी क्षेत्रले ऊर्जाको विकासमा सकारात्मक उपलब्धि हासिल गरेको बताइन् ।
राणाले अबको सरकारले जलस्रोतको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै यसमा निजी क्षेत्रले हातेमालो गर्ने बताइन् ।
तीन दिनसम्म चल्ने एक्स्पोमा ऊर्जा उत्पादनमा सहयोग पुर्याउने सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्