रौतहटका होटलहरुको स्तर छुट्याइयो « Image Khabar


रौतहटका होटलहरुको स्तर छुट्याइयो


Border circle
Imagekhabar

क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले इलाका प्रशासन कार्यालय, चन्द्रपुर नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा विभिन्न संघ–संस्थाहरुका प्रतिनिधिहरुको रोहबरमा चन्द्रनिगाहपुरका होटल–गेस्टहाउसहरुको स्तर छुट्याइएको छ ।

अनुगमन गरिएका दर्जनौं होटलहरुको पूर्वाधार, भान्सा कोठा, खाद्यान्न भन्डारणस्थल, कुकको अवस्थालगायतको मूल्यांकन गरेर स्तर छुट्याइएको हो ।

ती होटलहरुलाई खराब, न्यून, मध्यम र उत्तम दर्जा दिएर स्टीकर टाँसिएको छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव गणेश अधिकारीले स्टीकर टाँस्ने कामको सुरुआत गरेका थिए ।

क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यलय हेटौंडाका प्रमुख राजकुमार रिजालले होटलहरुको वर्गीकरण गरिनुका साथै सुधार गर्न सचेतसमेत गराइएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्