
भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण सम्बन्धमा शुक्रबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम प्रभावित १७ जिल्लाका अधिकांश भूकम्पपीडितले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लगिसकेको र दोस्रो किस्ता प्रक्रियामा रहेको बताए ।
भूकम्पपीडितको घर निर्माणका लागि १५ लाख रुपैयाँ २ प्रतिशत ब्याजमा ऋण दिने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए ।
भुसालले १७ जिल्लाका ५६ हजार डकर्मीलाई तालिम दिने व्यवस्था मिलाइएको जानकारी पनि दिए ।
कास्कीमा करिब ७ हजार भूकम्पपीडित रहेका छन् । ५ हजार बढीले पहिलो किस्ताको रकम लगेका छन् भने बाँकी प्रक्रियामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्