
शुक्रबार नेपालतिरको चाकडचौडा र भारततिरको अलिगडवाको सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका जवानहरुले संयुक्तरुपमा सरसफाइ गरेका छन् ।
नेपाल–भारतको सीमा क्षेत्रमा फालिएको फोहोरको दुर्गन्धबाट नेपाली र भारतीय नागरिक प्रभावित भएपछि उनीहरुले सफाइ अभियान थालेका हुन् ।
फोहोरका कारण पर्यटक आवागमनमासमेत बाधा पुगेकाले सरसफाइ अभियान सन्चालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताए । सशस्त्र प्रहरीको पहलमा सो क्षेत्रमा सफाइ अभियान थालिएको हो ।
दशगजा क्षेत्रमा फोहोर फाल्न नपाउने कानुनी प्रावधान भएपनि फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको स्थानीय गाउँपालिकाले यसमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।
सफाइ अभियानमा कपिलवस्तु र रुपन्देहीका सशस्त्र प्रहरी तथा भारतका सीमा सुरक्षा बलका जवान र स्थानीयसमेत गरी करिब २०० जना सहभागी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्