१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भरतपुर महानगरपालिकाको प्रथम नगरसभा सुरु, यस्ता छन् योजना


0
Shares

नगरसभाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरे ।

तीन अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको नगरसभाले विशेषगरी पूर्वाधार निर्माण, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ ।

विनियोजित बजेटमा पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ३४ करोड ४ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १३ करोड ८७ लाख, सामाजिक विकासतर्फ ६० करोड २७ लाख, आर्थिक विकासतर्फ ५ करोड ८१ लाख, प्रशासनिक क्षेत्रतर्फ ४१ करोड ४९ लाख र सामाजिक सुरक्षाभत्तातर्फ ४५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।

महानगरमा चक्रपथ, सिटी हल, आकाशेपुल, राष्ट्रियस्तरको रंगशाला, नारायणी नदीमा पक्कीपुल, देवघाट–मौलाकालिका केबलकार, भूमिगत पार्किङसहितको व्यावसायिक भवन, ट्राफिक व्यवस्थापनलगायतका महत्वपूर्ण योजनाहरु नगरसभाले अघि सारेको छ ।

कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै भरतपुर महानगरकी प्रमुख रेणु दाहालले कसैलाई विभेदको दृष्टिले नहेरी नीति तथा कार्यक्रमहरु प्रस्तुत् गरेको बताइन् ।