
साधारणसभाले कम्पनीको अधिकृत पुँजी २ अर्ब र जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरेको छ ।
कम्पनीको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड र जारी पुँजी १ अर्ब रहेको छ ।
कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष रामकृष्ण मानन्धरले प्रभावकारी रणनीतिका कारण कम्पनीले निरन्तर प्रगति हासिल गर्न सफल भइरहेको बताए ।
कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४० करोड ९० लाख कुल बिमा प्रिमियम आम्दानी गरी ४१ करोड ८० लाख सन्चालन नाफा गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ११ करोड २१ लाख कुल बिमा प्रिमियम आम्दानी गरी ३० करोड ६७ सन्चालन नाफा गरेको थियो ।
आर्थिक वर्ष २०७३/७४ सम्म कम्पनीको चुक्तापुँजी ५३ करोड ८२ लाख रहेको जनाएको छ ।
कम्पनीले चालू आर्थिक वर्षभित्र चुक्तापुँजी १ अर्ब पुर्याउनुपर्नेछ । त्यसका लागि आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफाबाट बोनस सेयर जारी गरी नपुग रकम बराबर हकप्रद सेयर जारी गरी पुर्याउने जनाएको छ ।
पुँजी वृद्धि कार्य योजना बिमा समितिमा बुझाइसकेकाले दुई आर्थिक वर्षको नाफाबाट एकमुस्ट लाभांश वितरण गर्ने गरी समीक्षा वर्षको वितरणयोग्य नाफा १६ करोड ५३ लाख वासलातमा सारेको अध्यक्ष मानन्धरले जानकारी गराए ।
समीक्षा वर्षमा जगेडा कोष, बिमा कोष तथा महाविपत्ति जगेडा कोषमा कुल ७५ करोड ३० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्