
अभियुक्तहरु महेश नेपाली, विग्रेस लामा र रोशन विष्टलाई ६० हजार रुपैयाका दरले धरौती रकम लिएर प्रशासन कार्यालयले शुक्रबार रिहा गरेको हो ।
कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । अभियुक्तद्धय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ ।
अर्का एक जना राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्धा रहेकाले प्रहरीले नुवाकोटमा पठाईदिएको छ ।
उनीहरु सवैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योग सम्वन्धी मुद्धा लगाइएको थियो ।
घटना लगत्तै पक्राउ परेका मध्ये ६ जना विरुद्ध तत्काल जिल्ला अदालत काठमाडौमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसार सम्बन्धी मुद्धा दायर भएको थियो ।
उनीहरुलाई अदालतले बुधबार दश हजार रुपैयाको दरले धरौटी लिएर रिहा गरेको थियो । अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले पनि दुई जना बाहेक सवैलाई रिहा गरेकोमा घटनाका पिडितहरुले असन्तोष जनाएका छन् ।
मानिसको ज्यान समेत जान सक्नेगरी बम पड्काउनेले दश हजार रुपैया तिर्दैमा छुटकारा पाउने कानुनी व्यवस्था व्यवहारिक र न्यायपुर्ण नभएको उनीहरुको भनाई छ ।
घाइतेहरुले दोषीलाई कारबाही गर्ने भन्दा पनि मुक्ति दिनेगरी प्रमाण जुटाउने बेलामा मुद्धा नै कमजोर बनाइएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।
काठमाडौ क्षेत्र नं. ४ मा काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदबार भएर घरदैलो गरिरहेका बेला थापा सहितको टोलीलाई लक्षित गरी काठमाडौंको चपलीमा गत मंसिर १८ गते बम आक्रमण भएको थियो ।
आक्रमणबाट थापा सहित ११ जना घाईते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्