२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सन्चारमाध्यमलाई समावेशी बनाइनुपर्नेमा जोड


0
Shares

मातृभाषामा सन्चारमाध्यमहरु सन्चालन गरी सबै भाषालाई समान अवसर र संरक्षण दिनुपर्नेमा फेस्टिभलमा सहभागीले जोड दिएका छन् ।

स्थानीय तहहरुले पनि समावेशीताको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै सबैलाई समान अवसर र संरक्षण दिनुपर्नेमा उनीहरुको जोड छ ।

अहिले पनि राष्ट्रियरुपमा नेपाली र अंग्रेजी भाषाबाहेक अरु भाषामा समाचार सम्पे्रषण नहुने र प्रदेशमा पनि त्यस्तै अवस्था रहेकोमा कार्यक्रममा चिन्ता व्यक्त गरियो ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, सूचना विभागका महानिर्देशक वीरबहादुर राई, पत्रकारिताका प्रध्यापक डा. रामकृष्ण रेग्मीलगायतकाले सन्चारमाध्यमलाई समावेशी बनाइनुपर्नेमा जोड दिएका थिए ।