साताको नेप्सेमा दोहोरो अंकको वृद्धि • Image Khabar Image Khabar


साताको नेप्सेमा दोहोरो अंकको वृद्धि


Imagekhabar
२२ पुष २०७४, शनिबार २०:४८

साताको नेप्सेमा दोहोरो अंकको वृद्धि

बजार परिसूचक नेप्से ३३ अंकले बढेर १४ सय २३ विन्दुमा आइपुग्यो । यो साता नेप्सेमा १ सय ७९ कम्पनीका ६४ लाख ७९ हजार कित्ता सेयर २ अर्ब ७० करोड ७१ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

गत साता भने १ सय ७४ कम्पनीका ५७ लाख २५ हजार कित्ता सेयर २ अर्ब ६८ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएका थिए । कारोबार रकम गत साताकोभन्दा शून्य दशमलव ९१ प्रतिशतले बढी हो ।

यो साता व्यापार समू्हबाहेक सबै समूह सकारात्मक रहे । बिमा समूह सबैभन्दा उच्च ९२ अंकले उकालो लाग्यो । लघुवित्त र वाणिज्य बैंक समूह ४२/४२ अंकले माथि बढ्यो । उत्पादनमूलक २९ अंकले, होटल २४ अंकले, विकास बैंक १६ अंकले उकालो लाग्दा बाँकी समूहमा भने झिनो अंकको वृद्धि आयो ।

कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रह्यो ।

यो साता मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर र मेगा बैंक नेपाल लिमिटेडको हकप्रद सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्