
जिल्ला वन कार्यालयले आयोजना अघि बढाउन नदिएपछि बीचमै अलपत्र परेको हो ।
वन कार्यालय र सिंचाई विकास डिभिजन कार्यालय कपिलवस्तुबीच विवाद बढ्दै जाँदा आयोजनाको नहर निर्माणको काम लथालिङ बनेको छ ।
आर्थिक वर्ष २०६९/०७० मा विश्व बैङ्कको लगानीमा गुडुरुङ सिंचाई योजना कपिलवस्तुको बाँध र नहर निर्माणको काम थालिएको थियो ।
७ करोड ५१ लाख बराबरको लागतमा निर्माण गर्ने भनिएको बाँध र नहर अहिले अलपत्र अवस्थामा छ ।
जिल्ला वन कार्यालय र सिंचाई विकास डिभिजन कार्यालय कपिलवस्तुबीच विवाद बढ्दै जादा आयोजनाको नहर निर्माणको कार्य लथालिङ बनेको हो ।
निर्धारित समयमा काम सम्पन्न नभए पछि सिंचाई सुविधाको आशा गरी बसेका हजारौँ किसान अहिले चिन्तामा छन ।
सिंचाई योजनाको नहर निर्माण गर्ने अधिकांश क्षेत्र वनमा पर्ने भएकाले जिल्ला वन कार्यालयले काममा अवरोध गर्दै आएको छ ।
बाँध निर्माण पछि बुद्धभुमि नगरपालिकाका वडा नम्बर ३ र ४ का झण्डै ३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
यद्यपि बाँध निर्माणको काम पुरा भए पनि नहर निर्माणको काम ३० प्रतिशत मात्र भएको छ ।
नहर निर्माणको काम वन कार्यालयले रोकेको उपभोक्ता तथा वडा नम्बर ४ का वडा सदस्य लोक प्रसाद खनालले बताए ।
नहरको काम जंगल क्षेत्र भित्र गर्नुपर्ने भएपछि वन विभागबाट वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको थियो ।
उक्त मूल्याङ्कन प्रतिवेदन विभागबाट आएपनि जिल्ला वन कार्यालयले स्वीकृत नगर्दा काम रोकिन पुगेको उपभोक्ता बताउँछन ।
उपभोक्ता समितिका अध्यक्ष श्याम प्रसाद खनालले वन कार्यालयले अनावश्यक बखेडा निकालेर दुख दिन खाजेको आरोप लगाउँछन् ।
जिल्ला वन कार्यालय कपिलवस्तुका प्रमुख कृष्णदत्त भट्टले गुडुरुङ खोला सिंचाई योजनाको दोषी सिंचाई विकास डिभिजन कार्यालय र उपभोक्ता समिति नै रहेको दाबी गर्छन् ।
मूल्याङ्कन गर्दा नहर निर्माणमा २ सय ३३ रुख कटान गर्नुपर्ने देखिए पनि अहिले ३ सय ७८ रुख काट्नु पर्ने बाध्यता भएकाले आफुहरु काम रोक्न बाध्य भएको वन कार्यालय प्रमुख भट्टको तर्क छ ।
उता, सिंचाई विकास डिभिजन कार्यालय कपिलवस्तुले बाँध र नहर योजनाको काम समयमै गर्न नसकिए पछि बजेट नै फ्रिज भैसकेको बताउँछ ।
प्रतिक्रिया दिनुहोस्