पूर्व लडाकु व्यवसायिक ‘गरुवा’ निर्माणमा, मासिक ४५ हजार रुपैयाँसम्म आम्दानी • Image Khabar Image Khabar


पूर्व लडाकु व्यवसायिक ‘गरुवा’ निर्माणमा, मासिक ४५ हजार रुपैयाँसम्म आम्दानी


Imagekhabar
२३ पुष २०७४, आईतवार १२:१५

पूर्व लडाकु व्यवसायिक ‘गरुवा’ निर्माणमा, मासिक ४५ हजार रुपैयाँसम्म आम्दानी

माओवादी शान्ति प्रक्रियामा आउनुअघि हातमा बन्दुक र बम लिएर हिँड्ने रुकुमको त्रिवेणी गाउँपालिका–१ का ३८ वर्षीय दलबहादुर घर्ती अहिले मयुरको प्वाँखबाट ‘गरुवा’ निर्माणमा लागेका हुन् ।

आफू मात्र होइन उनले श्रीमतीलाई पनि सोही व्यवसायमा लगाएका छन् । मयुरको प्वाँख र हातको सीपले दलबहादुरको जोडीलाई मनग्य आम्दानी दिलाएको छ ।

तत्कालीन माओवादीको सांस्कृतिक फाँटमा रहेर काम गरेका उनले राजनीतिमा माथी आउन नसकेपछि जिविकोपार्जनका लागि व्यवसाय रोजेका हुन् ।

मध्यपश्चिमतिर लोकप्रिय मानिने मयुर नाचका लागि कम्मरमा लगाएर नाचिने ‘गरुवा’ निर्माणबाट उनले मासिक ४५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

मध्यपश्चिमका रुकुम, सल्यान, जाजरकोट, रोल्पा र सुर्खेतलगायतका स्थानीय मेला, पर्व, दसैं तिहारजस्ता चाडपर्वमा नाचिने लोकप्रिय मयुर नाचमा प्रयोग हुने ‘गरुवा’ को माग धेरै हुने भएकाले उनको व्यवसाय फस्टाउँदै गएको छ ।

१६ वटा गरुवाको सेट निर्माण गर्न ३६ हजार रुपैयाँ लागत लाग्ने र त्यसलाई ६० हजारभन्दा बढीमा बिक्री गर्ने गरेको दलबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्