
सदरमुकाम चैनपुरमा आइतबार भएको कार्यक्रममा कृषकहरुले अनुदानको रकम बास्तविक किसानभन्दा पार्टीमा लागेका व्यक्तिले पाउने गुनासो गरेका हुन् । उनीहरुले विना भेदभाव अनुदानको रकम पाउने व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेका छन् ।
कार्यक्रममा कृषि राज्यमन्त्री सरिता प्रसाईले सदूरपश्चिममा कृषि क्षेत्रको राम्रो सम्भावना रहेकाले कृषि क्षेत्रबाट आयआर्जनका स्रोत बढाउन पहल गर्ने बताइन् । उनले कृषि क्षेत्रको माध्यमबाट स्वरोजगारको सृजना गर्न आफू लागिपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्