२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शेयर बजार सकारात्मक, कारोबार भने न्यून


0
Shares

बजार परिसूचक नेप्से ८ अंक बराबरले उकालो लागेर १४३१ बिन्दुमा पुग्यो । वित्त र अन्य बाहेक अरु समूह सकारात्मक रहे । बीमा समूह सबैभन्दा उच्च १६५ अंकले उकालो लाग्यो ।

लघुवित्त, उत्पादनमूलक र होटल समूह पनि दोहोरो अंकले सुधारिए । अरु सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीको ७ लाख ५१ हजार कित्ता शेयर ३६ करोड १६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।