१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एनआइसी एसिया बैंकको शाखा लमजुङमा


0
Shares

आइतबार सदरमुकाम बेसीशहरमा बैंकले आफ्नो १४५ औं शाखा खोलेको हो । शाखाको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले उद्घाटन गरे ।

न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउनुको साथै सबै प्रकारका बैंकिङ सेवा र रेमिटेन्स सेवा उपलब्ध गराइने शाखाका प्रबन्धक प्रमोद अधिकारीले जानकारी दिए ।

बैंकिङ सेवा विस्तारका क्रममा एनआइसी एसिया बैंकको शाखासँगै लमजुङमा अब ‘क’ वर्गका बैंकको संख्या २० पुगेको छ । नेपालभर १५९ शाखा विस्तार गरेको यो बैंकले तनहुँको आबुखैरेनी र गोरखामा पनि शाखा विस्तार गर्न लागेको क्षेत्रीय प्रवन्धक दिपेन्द्र शर्माले जानकारी दिए ।