
नुवाकोट, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा कम्तीमा डेढ दर्जन यात्रीको मृत्यु भएको छ ।
शिखरबेसीबाट दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको बा३३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।
घटनास्थलबाट स्थानीय र प्रहरीले १८ ओटा शव निकालेको र १७ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।
शिखरबेसीमा तामाङ समुदायको घेवामा सहभागी भएर फर्कंदै गरेकाहरु चढेको मिनिट्रक कच्चीसडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।
घटनास्थल सदरमुकाम विदुरबाट तीन घन्टाको पैदलदूरीमा रहेको छ ।
अपडेटअघिको समाचार
नुवाकोट, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।
अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् ।
तामाङकाअनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्