हिमालयन हाईड्रो एक्सपोमा नयाँ प्रविधि र कम खर्चिलो सामाग्रीको प्रदर्शनी • Image Khabar Image Khabar


हिमालयन हाईड्रो एक्सपोमा नयाँ प्रविधि र कम खर्चिलो सामाग्रीको प्रदर्शनी


Imagekhabar
२३ पुष २०७४, आईतवार १९:३६

हिमालयन हाईड्रो एक्सपोमा नयाँ प्रविधि र कम खर्चिलो सामाग्रीको प्रदर्शनी

नयाँ प्रविधि एवं कम खर्चिलो जलविद्युत उत्पादन सम्बन्धी सामाग्री यस पटक प्रदर्शनीको आकर्षण रहेको जनाइएको छ । राजधानीको भृकुटीमण्डपमा भएको मेलामा कम खर्च तथा बढी प्रभावकारीताका टरबाईन, ट्रान्सफरमर, जेनेरेटरहरु राखिएको थियो । यी सामाग्रीबाट उत्पादन गरिएको विद्युत सस्तो हुने भएकाले यसमा अवलोकनकर्ताहरु आकर्षित भएको ईपानका अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए ।

मेलाको उद्देश्य उत्पादकहरु बीच मूल्य न्यूनीकरण, ज्ञान एवं सीपमा प्रतिस्पर्धा गराउनु रहेको र मेला उद्देश्य बमोजिम सफल रहेको उनको भनाइ छ ।

प्रदर्शनीको करिब ४५ हजारले अवलोकन गरेको अध्यक्ष गुरागाईले बताए । प्रदर्शनीमा नेपालसहित भारत, चीन र युरोपका करिव १ सय स्टल राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्