Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


मेघालयको कोइलाखानीमा बाढी पस्यो, १३ मजदुरको मृत्यु भएको आशंका


0
Shares

नयाँदिल्ली, मंसिर २८ । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैधरुपमा सन्चालन हुँदै आएको एक कोइलाखानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् ।

खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुनसक्ने आशंका गरिएको छ ।

दर्जनौं अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् ।

मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान सबेरै खानीमा पानी पसेको थियो ।

खानीमा बेपत्ता भएकाहरुको खोजी र उद्धारकार्य जारी रहेको स्थानीय प्रहरी अधिकारी लेथिन्द्रा संगमाले जानकारी दिए ।

भारतको एक अदालतले सन् २०१४ पछि सो इलाकामा कोइलाखानी खोल्नका लागि प्रतिबन्ध लगाएको थियो ।

वातावरणकर्मीहरुले पानी दूषित हुनुको प्रमुख कारण नै यी कोइलाखानीहरु रहेको भन्दै खानीमा प्रतिबन्ध लगाउन माग गरिरहेका थिए ।

सरकारी प्रतिबन्धका बाबजुद् त्यस इलाकामा अवैधरुपमा अव्यवस्थित कोइलाखानी सन्चालन हुनेक्रम जारी रहेको सरकारी अधिकारीको भनाइ छ । रासस/एएफपी