८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पुलिसले फ्रेन्ड्सलाई ५–० ले हरायो


0
Shares

काठमाडौं, मंसिर २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिस ५–० को फराकिलो अन्तरमा विजयी भयो ।

खेलमा पुलिसलाई विजयी गराउन निरकुमार राई, तेज तामाङ, भरत शाह, रविशंकर पासवान र अभिषेक रिजालले १/१ गोल गरे ।

जितसँगै पुलिसले लिगमा ८ खेलबाट १४ अंक जोड्दै पाँचौं स्थानको आफ्नो पकडलाई बलियो पारेको छ ।

पराजित टोली फ्रेन्ड्स क्लब भने ५ अंकसहित तालिकाको ११औं स्थानमा रहेको छ ।