
पुँजीबजारमा दोहोरो अंकको सुधार आएपनि कारोबारमा भने कमी नै रह्यो ।
यस दिन बजार परिसू्चक नेप्से १२ अंकले सुधारिएर १४४३ विन्दुमा पुग्यो । होटल बाहेक कारोबार भएका अरु सबै समूह उकालो लागे । बीमा समूह सबैभन्दा उच्च १२२ अंकले उकालो लाग्यो ।
अन्य समूह १२ अंकले, बैंकिङ समूह ९ अंकले सुधारिए । अरु समूह सामान्य अंकले हरियो रहे । होटल समूहमा भने १७ अंकको कमी आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीको ८ लाख ५५ हजार कित्ता शेयर जम्मा ४७ करोड बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्