३० असार २०८२, सोमबार | Tue Jul 15 2025


माओवादीसँगको एकता प्रक्रियालाई तीव्र बनाउने एमालेको निर्णय


0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले एकता विषयमा देखिएका सबै प्रकारका जटिलतालाई अन्त्य गर्दै एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा पार्टी एकताका विषयमा आइतबार (हिजो) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलकाबारेमा अध्यक्ष ओलीले जानकारी गराएका थिए ।

बैठकपछि मंगलबार बस्ने एकता संयोजन समिति बैठकमा एकताका विषयमा विस्तृत् छलफल गर्ने र आवश्यक परे संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक दिशा तय गर्न दुवै पार्टीका नेता सम्मिलित अलग–अलग कार्यदल बनाउने निर्णय गरिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै, बैठकले तराईमा शीतलहरबाट प्रभावितमाझ तत्काल राहत कार्यक्रम लैजान पनि सरकारको ध्यानाकर्षण गराइएको सचिव भट्टराईले जानकारी दिए ।