१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


‘कांग्रेस महासमिति बैठक पार्टीको नवजीवनका लागि प्रस्थान बिन्दु’


0
Shares

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले महासमिति बैठक पार्टीको नवजीवनका लागि प्रस्थान बिन्दु हुने बताएका छन् ।

नेपाली कांग्रेस निकट बुद्धिजिवीहरुसँग आज काठमाडौंमा गरिएको अन्तक्र्रियामा उनले लोकतान्त्रिक अधिकारको संरक्षण र सम्बर्द्धनमा कांग्रेसले योगदान गर्ने बताए । उनले महासमिति बैठकबाट नेपाली कांग्रेस विधि र प्रक्रियाबाट अगाडि बढ्ने पनि बताए ।

महासमिति बैठकबाट पार्टीभित्रका सबैको बिचार र योगदानलाई सम्मानपूर्वक समेटेर सबैलाई न्यायपूर्ण अवसर दिने र गुटबन्दीको अन्त्य हुने उनको भनाइ थियो ।

बुद्धिजिवीहरुले महासमिति बैठकमार्फत् कांग्रेसले लिनुपर्ने रणनीतिको बारेमा सुझाव दिएका छन् ।