१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


कोइलाखानीमा पाँच दिनदेखि फसेका तीन जना कामदारको सकुशल उद्धार


0
Shares

वासिंटन, मंसिर २८ । अमेरिकाको एक कोइलाखानीमा पाँच दिनदेखि फसेका तीन जना कामदारको सकुशल उद्धार गरिएको छ ।

अमेरिकाको पश्चिमी भर्जिनियामा रहेको कोइलाखानीमा तामाको तार खोजीका क्रममा प्रवेश गरेका पाँचमध्ये तीन जना फसेका थिए । भूमिगत सो कोइलाखानी हजारौं फिट गहिराईमा रहेको बताइएको छ ।

कोइलाखानीमा फसेकाहरुको उद्धारका लागि दर्जनौं उद्धारकर्मीहरु परिचालन गरिएको थियो । उद्धार गरिएकाहरुलाई परिवारजनको जिम्मा लगाइएको छ ।

सो कोइलाखानीमा बर्सेनि दुर्घटना हुने गरेका छन् । गत वर्षको जुलाईमा पनि सोही कोइलाखानीमा फसेका दर्जनौं मजदुरको उद्धार गरिएको थियो । (एजेन्सी)