
हुलाकी राजमार्ग निर्माणको काम शुरु भएको झण्डै ११ बर्ष पुगिसकेको छ । तर, निर्माणको लामो समयको अवधिमा पनि सडकखण्डको अवस्थामा सुधार आउन सकेको छैन । सप्तरीदेखि झापासम्मको दुई सय २५ किलोमिटर सडकका अधिकांश खण्ड पैदल यात्रा गर्न पनि कठिन हुने अवस्थाका छन् ।
सप्तरी, मोरङ र झापाका सदरमुकाम राजविराज, विराटनगर र भद्रपुर जोड्ने यो छोटो दूरीको मार्ग समेत हो । धुलाम्य सडकको पनि समय–समयमा मर्मत नहुँदा कतिपय स्थानमा कच्ची ट्रयाककै निसाना हराउन थालेको छ । निर्माणाधीन पुल पनि अलपत्र छाडिएका छन् ।
राजविराजबाट भद्रपुरसम्म चारपांग्रे सवारी साधन चल्ने अवस्था छैन । दुईपांग्रेको यात्रा पार गर्न पनि निकै सास्ती बेहोर्नु पर्ने स्थानीय बताउँछन् ।
सरकारले चालु आर्थिक बर्षका लागि ३८ करोड रुपैयाँ हुलाकी सडकको निर्माणका लागि निकासा गरेको छ । यो वर्ष बजेटबाट सप्तरीमा ३६ किमि खण्ड कालोपत्रे गर्न काम र झापामै चारआली–केचना सहायक मार्गमा कालोपत्रेको काम भइरहेको इटहरीस्थित हुलाकी राजमार्ग आयोजनाका प्रमुख शैलेन्द्रमणि त्रिपाठीले जानकारी दिए ।
सरकारले यस वर्ष सप्तरी र झापामा मात्र हुलाकी सडकको काम बढाएको थियो । सप्तरीमा पुल निर्माण मात्र भइरहेको छ भने झापामा पुलसँगै उत्तर–दक्षिण जोड्ने सहायक सडक कालोपत्रेको काम भइरहेको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्