राष्ट्रियसभा निर्वाचन कार्यतालिका ‘एक/दुई दिनभित्रै’ • Image Khabar Image Khabar


राष्ट्रियसभा निर्वाचन कार्यतालिका ‘एक/दुई दिनभित्रै’


Imagekhabar
२५ पुष २०७४, मंगलवार १६:३२

राष्ट्रियसभा निर्वाचन कार्यतालिका ‘एक/दुई दिनभित्रै’

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अबको एक/दुई दिनभित्रै निर्वाचनको कार्यक्रम र कार्यतालिका सार्वजनिक गर्नेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

उनले मतदाता नामावली संकलन, मतपत्रको ढाँचा, कर्मचारी व्यवस्थापनलगायतका निर्वाचन सन्चालन र व्यवस्थापनका काम भइरहेको जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको हो ।

सरकारले आगामी माघ २४ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्