
सिएन पाण्डे नेतृत्वको समूहबाट कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले हामीसँग कुरा गर्दै नाट्टालाई आर्थिक रुपमा समृद्ध बनाउने आफ्नो प्रमुख एजेन्डा भएको बताए ।
उनले नाट्टामा रहेर ‘व्यवसायीको मनमा घर बनाउने’ र सोही अनुरुप काम गर्ने दावी गरे ।
गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)का पूर्वमहासचिव, मगर टुरिज्म संघका वर्तमान उपाध्यक्ष रहेका उनल संस्थाको पारदर्शिताका लागि आफूले उम्मेद्ववारी दिएको समेत प्रष्ट पारे ।
थापाले नाट्टाको कोषलाई स्वच्छ र पारदर्शी बनाउनु आजको सबैभन्दा प्रमुख आवश्यकता भएको भन्दै आर्थिक हिसावमा संघलाई स्वच्छ र पारदर्शी बनाउने बाचा गरे ।
पर्यटन क्षेत्रमार्फत संस्था र देशलाई आर्थिक समृद्धीमा सघाउन सकिने उनको भनाए छ ।
‘म अरुले जस्तो भवन बनाउने, जग्गा खरिद गर्ने कुरा मात्र गर्दिन’, उनले भने, ‘विगतमा धेरै कुराहरु भए तर काम केही भएन त्यसकारण अव म काम गरेर देखाउँछु । त्यसकारण मलाई व्यवसायीले पनि विश्वास गर्नुहुनेछ ।’
थापा ए वान एक्सकर्सन टुर एण्ड ट्राभल्सका संचालक समेत हुन् । विगत दुई दशकदेखि उनी पर्यटन क्षेत्रमा आवद्ध छन । उनले देश–विदेशको समेत अनुभव हासिल गरेका छन् ।
पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन भने चुनावमा ४ सय ६७ मतदाताले भाग लिनेछन ।
यही पुस २८ गते नाट्टाको ५१ औं साधारणसभा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्