पोखराका ट्याक्सी चालक आन्दोलनमा, प्रहरीद्वारा बल प्रयोग (भिडियो) • Image Khabar Image Khabar


पोखराका ट्याक्सी चालक आन्दोलनमा, प्रहरीद्वारा बल प्रयोग (भिडियो)


Imagekhabar
२६ पुष २०७४, बुधबार १५:०३

पोखराका ट्याक्सी चालक आन्दोलनमा, प्रहरीद्वारा बल प्रयोग (भिडियो)

मंगलबार सादा पोसाकमा प्रहरीले ट्याक्सी चढ्दै बढी भाडा असुल्ने ट्याक्सी चालकलाई पक्रेको थियो ।

त्यसको विरोधमा ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । ट्याक्सी व्यवसायी समिति पोखराले यसको नेतृत्व गरेको छ ।

बुधबार पोखराको मुख्य चोक पृथ्वीचोकमा ट्याक्सीलाई लाम लगाएर चालकले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरी हटाएको छ ।

भाडा समायोजन नगरी मिटरमा ट्याक्सी चलाउन नसक्ने अडान व्यवसायीको छ । ५/७ वर्ष पहिले तय गरिएको भाडामा आफूहरुले ट्याक्सी चलाउन नसक्ने उनीहरुको भनाइ छ ।

जथाभावी भाडा असुलेर जनता ठग्ने काम ट्याक्सी चालकले गरेकाले पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्