
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बुधबार एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले एकढिक्का भएर अगाडि बढ्न सबै नेपालीलाई आग्रह गरेका छन् ।
उनले ‘देश भनेकै मानव समाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप हो’ भन्दै यसलाई बचाइराख्नसमेत आह्वान गरेका छन् ।
दलहरुको पछिल्लो गतिविधिप्रति इंगित गर्दै पूर्वराजा शाहले सन्देशमा ‘निर्दयी कदम चाल्नेहरुलाई जनताले नै ठीक पार्ने’ भन्दै सम्हालिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पुरानो नेपालको जगेर्ना गरेरमात्र नयाँ नेपाल बनाउन सकिने वास्तविकता आत्मसात् गर्न पनि उनले आह्वान गरेका छन् ।
सरकारले यो वर्ष पृथ्वीजयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्