२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उदयपुरमा प्रदेशस्तरीय घरेलु औद्योगिक महोत्सव सुरु


0
Shares

प्रदेशस्तरीय प्रथम उदयपुर घरेलु औद्योगिक महोत्सव बुधबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको हो ।

‘आफ्नो मिहिनेत, श्रम र पुँजी, समृद्ध नेपाल, हाम्रो धन, हाम्रो प्रकृति, स्रोत र साधन, औधोगिक विकास हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ महोत्सव आयोजना गरिएको हो ।

साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा महोत्सव गरिएको हो ।

यही पुस २९ गतेसम्म चल्ने महोत्सवमा स्थानीय घरेलु उत्पादित वस्तु, ढाकाका उत्पादन, राडी, हस्तकला, जडिबुटी, कृषिऔजारलगायत साना उद्यमीका उत्पादन प्रदर्शनीमा राखिएको छ ।

महोत्सवको मुख्य आकर्षणकारुपमा थारु परिकार घुँगी, मनोरन्जन सामग्री र स्थानीय कला संस्कृति रहेका छन् ।

९ दिनसम्म लाग्ने महोत्सवमा लघु तथा घरेलु उद्योगसँग सम्बन्धित सामग्रीहरुका १५० ओटा स्टल रहेका छन् ।

जिल्लामा उत्पादित वस्तुको बजारीकरण नभएको अवस्थामा यो महोत्सवले बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।