Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


गण्डकी प्रदेशका प्रदेशसभा सदस्य घर्तीको निधन


0
Shares

बागलुङ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ ।

कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिए । 

नेपालमा उपचार हुन नसकेपछि उनलाई मङ्गलबार एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो ।

त्यसअघि घर्तीलाई काठमाडौँस्थित ग्राण्डी अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।

बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका ४७ वर्षीय घर्तीको जन्म बागलुङ ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा भएको थियो ।

उनी राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्यसमेत हुन् । रासस