
लक्ष्मी लामा/राममान डंगोल (इमेज)
काठमाडौं, असार १४ । दुई छिमेकी देशको आर्थिक विकास र समुन्नतिका लागि रेलमार्ग निर्माणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । रेलमार्ग सडकभन्दा दोस्रो सस्तो यातायात हो ।
नेपालजस्तो विकासोन्मुख देशले रेलमार्गबाट फाइदा लिनसके आर्थिक उन्नतिमा सहयोग पुग्नेमा दुईमत छैन ।
जनकपुर–जयनगर रेलवेको सम्पूर्ण काम लगभग सकिएको छ । सन् २०१८ को अक्टोबरसम्म बाँकी रहेको अन्तिमरुप पनि सकिनेछ र आगामी डिसेम्बरबाट जनकपुर–जयनगर रेलवे सन्चालनमा आइसक्ने छ ।
रेलमार्ग निर्माणका लागि अहिलेसम्म सबै निर्माणकार्य भारतले नै गर्दै आइरहेको छ भने जग्गा उपलब्ध र जग्गाको मुआब्जा नेपालले गरिरहेको छ ।
त्यसैगरी, बिजलपुराबाट बर्दिबाससम्मको रेलमार्गका लागि जग्गाप्राप्तीको काम भइरहेको र जग्गा उपलब्ध हुनेबित्तिकै त्यहाँको निर्माणकार्य पनि सुरु हुने रेल विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले बताए ।
त्यसैगरी, लागतको कुरा गर्दा पूरै डिब्बाको कति पर्छ ? भन्ने प्रश्नमा पूरै डिब्बाको यति नै पर्छ भन्ने यकिन नभएपनि एकसेट १० डिब्बाको डेढदेखि दुई अर्ब रुपैयाँ पर्नसक्ने उनले बताए ।
निर्माण सामग्री समयमा उपलब्ध नहुँदा र दुई देशबीच उत्पन्न असमझदारीले निर्माणकार्यमा ढिलाइ भएको उनले बताए ।
नेपालमा आजभन्दा करिब ८३ वर्षपहिलेदेखि नै १०० किलोमिटर रेल सन्चालनमा आइसकेको भएपनि अहिलेसम्म खासै प्रगति गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्