 
	    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा जुटेका हुन् ।
उनीहरुले बजारमा कुचो लगाउनेदेखि आफ्नो टोलतिर देखिएका ससाना फोहरसमेत टिपेर फाल्न शुरु गरेका छन् । राजनीतिक दलले चुनाव सकिएपछि पनि ती सामग्री नझिकेपछि अहिले ती झण्डा र ब्यानर धुलो जमेर फोहरमा परिणत भएका छन् ।

तिनै फोहरले गर्दा बजारमा फोहर देखिएको भन्दै सदरमुकाम चरिकोट र आफ्नो टोललाई प्रत्येक दिन सरसफाइ गरेर लैजाने बताएका छन् । पत्रकार खतिवडाले आफूहरुले शुरु गरेमात्रै अरुलाई भन्न सुहाउने भन्दै बजारभित्र टाँगिएका ब्यानर र झण्डा निकालेर फालिदिएका छन् । खतिवडा आफैँ भर्याङ लिएर पोल चढेर पोलबाट झण्डा, ब्यानर निकालिरहेका छन् भने मास्केले भर्याङ समातेर र फोहर टिपेर सहयोग गरिरहेका छन् ।
यो अभियानमा उनीहरुले चरिकोटवासीलाई पनि सामेल गरिरहेका छन् । यसलाई चरिकोटवासीले खुलेरै प्रसंसा गरेका छन् । खतिवडा नागरिक दैनिकमा कार्यरत छन् भने मास्के नेपाल समाचारपत्र दैनिकमा कार्यरत छन् ।
बजार सफा र स्वच्छ राख्न बजारवासीलाई सहयोग गर्न दुवै पत्रकारले अनुरोध गर्दै आफ्नो टोलमा प्रत्येक शनिबार सरसफाइ गर्ने बताएका छन् । (रासस)
तस्वीर : पत्रकार रमेश खतिवडाको फेसबुकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्