
नेपाल विज्ञापन संघको विहिबार राजधानीमा भएको १८औं साधारण सभामा उनले क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन समय लाग्ने बताए ।
क्लिन फिड नीति–२०७३ मन्त्री परिषद् बैठकले यसअघि नै पारित गरिसके पनि कार्यान्वयनमा भने आउन सकेको छैन ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन आग्रह गरे ।
क्लिन फिड नीति राष्ट्रका लागि आवश्यक रहेको भन्दै उनले उक्त नीति कार्यान्वयनका लागि परिसंघ सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
साधारण सभामा क्लिन फिड, विज्ञापन नियन्त्रण, विज्ञापन नियमावलीलगायतका मुद्दामा केन्द्रित थियो ।
प्रतिक्रिया दिनुहोस्