
काठमाडौं । भारतको महाराष्ट्रमा चितुवाको आक्रमणबाट भिक्षु राहुल वाल्केको मृत्यु भएको छ ।
तादोबा जंगलमा रहेको बौद्ध मन्दिरमा आवद्ध भिक्षु वाल्केको ध्यानमा रहेकै बेला चितुवा आक्रमणमा मृत्यु भएको हो ।
त्यस क्षेत्रमा जंगली जनावरको आक्रमण हुन सक्ने भन्दै भिक्षुहरुलाई सचेत तुल्याईए तापनि सावधानी नअपनाएका कारण भिक्षु वाल्के आक्रमणमा परेको स्थानीय प्रशासनले जनाएको छ ।
राज्य सरकारले मृतक भिक्षुको परिवारलाई करिब १७ हजार डलर राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्