१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


टर्कीमा दुईवटा रेल आपसमा ठोक्किँदा चारजनाको मृत्यु


0
Shares

अंकारा, मंसिर २७ । टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाईते भएका छन् ।

राजधानी अंकाराको रेलवे स्टेशनबाट कोन्यो शहरका लागि छुटेका रेल विपरित दिशाबाट आईरहेको रेलसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाका कारण रेलका अधिकांश डिब्बा क्षतिग्रस्त भएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । तीब्र गतिका कारण रेल दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

गत जुलाईमा कापिकुलेन क्षेत्रमा भएको रेल दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । (एजेन्सी)