२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


युरोपेली च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समीकरण पुरा


0
Shares

काठमाडौं, मंसिर २७ । युरोपेली च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।

गएराति समूह चरणका अन्तिम ८ खेल सम्पन्न भएसँगै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने क्लबहरुको टुंगो लागेको हो । यसपटक इंग्ल्यान्डबाट सबैभन्दा बढी ४ वटा टोली प्रिक्वाटरफाइनलमा पुग्दा स्पेन र जर्मनीबाट ३–३ वटा, ईटाली र फ्रान्सबाट २–२ वटा तथा पोर्चुगल र नेदरल्याण्ड्सबाट १–१ वटा टोलीले नकआउट चरुणमा ठाउँ बनाएका छन् ।

इंग्ल्यान्डबाट म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाईटेड, लिभरपुल र टोटनह्याम हट्सपर अघिल्लो चरणका लागि छानिएका हुन् ।

यसैगरी जर्मनीबाट बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड र साल्का तथा स्पेनबाट बार्सिलोना, रियाल मड्रिड र एट्लेटिको मड्रिड अघिल्लो चरणमा प्रवेश गरे ।

विश्वकप विजेता फ्रान्सबाट लियों र पेरिस सेन्ट जर्मेन, ईटालीबाट एएस रोमा र युभेन्ट्स, पोर्चुगलबाट एफसी पोर्टो तथा नेदरल्याण्ड्सबाट आयाक्सले अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रिक्वाटरफाइनल चरणको खेल तालिका यही पुस २ गते सार्वजनिक गरिनेछ । यस पटकको च्याम्पियन्स लिग फुटबलको फाइनल आगामी जुन १ तारिखमा स्पेनको राजधानी मड्रिडमा आयोजना हुनेछ ।