३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


चमेलिया जलविद्युत् आयोजनाबाट १५ मेगावाट विद्युत् उत्पादन सुरु


0
Shares

करिब १६ अर्ब रुपैयाँको लागतमा ३० मेघावाट क्षमताकोे विद्युत गृहमा दुईमध्ये एउटा युनिटबाट उत्पादन शुरु गरेसँगै १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।

सन् २००७ मा पाँच वर्षमा सम्पन्न हुने गरी शुरु भएको बहुचर्चित चमेलिया विद्युत् आयोजना विभिन्न कारणले ढिलाई भएको हो । नेपाल विद्युत् प्राधिकरणले चमेलियाको विजुली माघ ४ गतेदेखि केन्द्रीय प्रशारण लाइनमा जोड्ने तालिका बनाएको थियो । तर चार दिनअघि नै विद्युत् उत्पादन शुरु भएको हो ।