रसुवागढीमा एक साताका लागि कन्टेनर सञ्चालनमा रोक, चीनबाट सामान आयात प्रभावित • Image Khabar Image Khabar


रसुवागढीमा एक साताका लागि कन्टेनर सञ्चालनमा रोक, चीनबाट सामान आयात प्रभावित


Imagekhabar
१ माघ २०७४, सोमबार ०८:५८

रसुवागढीमा एक साताका लागि कन्टेनर सञ्चालनमा रोक, चीनबाट सामान आयात प्रभावित

माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि आजबाट कन्टेनर सञ्चालनमा रोक लगाएको हो । सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा हिजोसम्म मात्र शील लगाइएको छ । हिजो शील लगाइएका कन्टेनर आज साँझसम्ममा नेपाल आइसक्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

सामग्री बोक्ने कन्टेनर सञ्चालन नभए पनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई आवतजावत गर्न समस्या नहुने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए ।

केरुङमा ल्होसारको समयमा भन्सारको काम ठप्प हुने भएपछि त्यहाँ पुगेका व्यवसायी पनि नेपाल फर्कने तयारीमा छन् । व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार केरुङमा रहेका व्यापारी, व्यवसायी र चालक नेपाल फर्कन सुरु गरिसकेका छन् ।

चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर नुवाकोटको बेत्रावती, कालिकास्थान, रसुवाको धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्