
काठमाडौं । चिनियाँ मोबाइल कम्पनी हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जु धरौटीमा रिहा भएकी छन् ।
क्यानडामा पक्राउ परेकी मेङ्गलाई स्थानीय अदालतले १० मिलियन क्यानेडियन डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् । मेङ्गमाथि रहेको ठगीको आरोपको सुनुवाइका लागि उनलाई अमेरिकालाई सुम्पिने सम्भावना छ ।
हुवाई र स्काइ कम कम्पनीबीचको सम्बन्धका बारेमा गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ । हुवाई र स्काइ कमले इरानमा व्यवसाय गरेका थिए ।
तर मेङ्गले सुनुवाइका क्रममा दुई कम्पनी भिन्दा भिन्दै रहेको दाबी गरेकी थिइन् ।
अमेरिकाले भने हुवाई र स्काइकम सम्बन्धित रहेको जनाएको छ ।
यसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले उल्लंघन भएको अमेरिकी दाबी छ ।
प्रतिक्रिया दिनुहोस्