१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


फ्रान्समा अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु, १२ घाइते


0
Shares

काठमाडौं । फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा भएको घटनामा अन्य १२ जना घाइते भएका छन् ।

गोली प्रहार गरेपछि भाग्दै गरेको बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको जवाफी कारबाहीमा उनी पनि घाइते भएको बताइएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनालाई आतंकवादीको संज्ञा दिँदै अधिकारीहरुले अनुसन्धान थालेका छन् ।(एजेन्सी)