२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पेट्रोल, डिजेलको भाउ फेरि बढाइयो


0
Shares

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल एवं मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको जनाएको छ ।

अब पेट्रोलको मूल्य बढेर प्रतिलिटर १०३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ८१ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले भाउ बढाउनुपरेको निगमले जनाएको छ ।

यसअघि, पुस १७ गते पनि निगमले इन्धनको भाउ बढाएको थियो ।