१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


सामुदायिक बीउ बैंक सन्चालन


0
Shares

डीबी विष्ट (इमेज)

बझाङ, असार १४ । बझाङमा जिल्लाबाट नै लोप हुन थालेका रैथाने जातका बाली संरक्षण गर्न मष्टा गाउँपालिकामा सामुदायिक बैंक स्थापना गरिएको छ ।

मष्टा गाउँपालिका–२ का स्थानीय बासिन्दाले मष्टा साना किसान कृषि सहकारी संस्था लिमिटेड दर्ता गरी सामुदायिक बीउ बैंक सन्चालन गरेका हुन् ।

सातजनाको समिति गठन गरेर जिल्लाबाट लोप हुने खतरामा पुगेका सबै रैथाने जातका बाली संरक्षण गर्ने मुख्य उद्देश्यका साथ सामुदायिक बीउ बैंक स्थापना गरिएको सामुदायिक बीउ बैंकका अध्यक्ष धीरबहादुर खड्काले बताए ।

जिल्लाबाट नै लोप हुने खतरामा रहेको लोकल तागामारो, लमन्या, उभो देशी, सुनाखुरी, रातोधान, राम–जमुना, जाउली धान, मार्स्या, कोदो, कागुनु, फाँपर, रातोझालो, चाम्न्या काठो, मुणुल्लो, बड्डी गहुँ, भदौरे मकैलगायतका बीउ बैंकमा पाउनसकिने अध्यक्ष खड्काले जानकारी दिए ।

किसानसँग भएको बीउ खोजेर भन्डारणसहित किसानलाई सहुलियत मूल्यमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।

एक किसानलाई ५ केजी बीउ सहुलियत मूल्यमा उपलब्ध गराइएको छ ।

युएमएनको आर्थिक सहयोग, एकीकृत विकास मञ्चको सहकार्य र स्थानीयको सक्रियतामा सामुदायिक बीउ बैंक तथा बीउ भन्डारण केन्द्र स्थापना गरिएको हो ।