गोविन्द वियोगी पत्रकारिता पुरस्कार कृष्णज्वाला देवकोटालाई प्रदान • Image Khabar Image Khabar


गोविन्द वियोगी पत्रकारिता पुरस्कार कृष्णज्वाला देवकोटालाई प्रदान


Imagekhabar
४ माघ २०७४, बिहीबार १६:१६

गोविन्द वियोगी पत्रकारिता पुरस्कार कृष्णज्वाला देवकोटालाई प्रदान

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देवकोटालाई २५ हजार १ रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरे ।

यसैगरी, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका समाचार सम्पादक अनिता विन्दुलाई सम्मानित गरिएको छ । उनलाई १५ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।

सम्पादक समाज नेपालले अग्रज सन्चारकर्मीहरु धमेन्द्र झा, हरिश चन्द र नरेन्द्र उपाध्यायलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्पादक समाज नेपालले गोविन्द वियोगीको नाममा निर्माण गर्न लागेको अध्ययन प्रतिष्ठानलगायतका भौतिक संरचनाका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा मातृभूमि साप्ताहिकको सम्पादकीय संग्रह भाग–३ को पनि लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्