
सदरमुकाम महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित सत्संगमा विशाल शोभायात्रा गरियो । शोभायात्रामा सुदूरपश्चिमको संस्कृति झल्कनेखालका झाँक्री प्रदर्शन गरिएको थियो ।
दुई दिनसम्म चल्ने सत्संग समारोहमा श्री सतपालजी महाराजबाट प्रवचन हुनेछ ।
प्रवचन सुन्न नेपाल र भारतका ६० हजारभन्दा बढी भक्तजन आउने अपेक्षा आयोजक नेपाल मानव धर्म समितिको छ ।
प्रतिक्रिया दिनुहोस्