Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


निर्वाचन आयोगले प्रदेशप्रमुखलाई निर्वाचन नतिजासहितको प्रतिवेदन बुझायो


0
Shares

प्रदेशप्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा ती प्रदेशका प्रदेशप्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रमुख आयुक्त डा. यादवले प्रदेश नम्बर–१ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर–२ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर–३ का अनुराधा कोइराला, प्रदेश नम्बर–४ का बाबुराम कुँवर, प्रदेश नम्बर–५ का उमाकान्त झा, प्रदेश नम्बर–६ का दुर्गाकेशर खनाल र प्रदेश नम्बर–७ का मोहनराज मल्ललाई प्रतिवेदन बुझाएका हुन् ।

सो अवसरमा प्रमुख आयुक्त डा. यादवले सबै प्रदेशप्रमुखलाई राष्ट्रियसभा निर्वाचनको तालिकाअनुसार प्रदेशसभा सदस्यहरुलाई आइतबार बिहान ११ बजेसम्म शपथग्रहण गराउन आग्रह गरेका थिए । रासस