१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


चितुवाको छालासहित न्यूरोडबाट तीनजनालाई प्रहरीले पक्रियो


0
Shares

महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसार–पसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक महरा र सुरेन्द्र दयाललाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

महाशाखाले काठमाडौंको न्यूरोडस्थित भूगोलपार्कमा झोलाभित्र बोरामा प्याक गरी राखेको अवस्थामा छाला बरामद गरेको हो । उक्त छाला बैतडीबाट ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि शुक्रबार जिल्ला वन कार्यालय हात्तिसार पठाएको महाशाखाले जनाएको छ । रासस