२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वीपी राजमार्गमा सवारी चालक र यात्रुलाई ट्राफिक सचेतना


0
Shares

सिन्धुलीको वीपी राजमार्गमा दैनिक हुने सवारी दुर्घटनामा कमी ल्याउन तथा सुरक्षित सडक यात्राको विषयमा पाठ सिकाउन सवारी चालकलाई सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

वीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिकाको भिमानदेखि खुर्कोट खण्डमा सवारी साधनको चाप बढेसँगै अत्याधिक दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरीले यातायातका चालक र सहचालक तथा यात्रुलाई सचेतना दिन थालेको हो ।

सदरमुकाम सिन्धुलीमाढीमा गरिएको सचेतना कार्यक्रममा सवारी चालक, सहचालक र यात्रुहरुलाई ट्राफिक नियम र सडक दुर्घटना कम गर्ने उपायका विषयमा सिन्धुलीका निमित्त प्रहरी प्रमुख विनोद शर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य कान्छामान वललगायतले विभिन्न सुझाव दिएका छन् ।

विपी राजमार्गमा १६ सिटभन्दा बढी र १० टनभन्दा बढी क्षमताका सवारी साधन सञ्चालनमा रोक लगाइए पनि कडा अनुगमन नहुँदा ठूला सवारी साधन समेत सञ्चालनमा आउन गरेका छन् ।