
काठमाडौं, मंसिर २५ । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना जारी छ । प्रारम्भिक नतिजाले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछाडि परेको देखाएको छ ।
राजस्थान र छत्तीसगढ राज्यमा मुख्य विपक्षी कांग्रेस आइले अग्रता लिएको छ । मध्य प्रदेशमा भाजपा र कांग्रेसको कडा टक्कर रहेको छ ।
यी राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई पछि पार्दै विपक्षी राहुल गान्धीको कांग्रेस पार्टी सत्तामा जाने सम्भावना बढेको छ । यी राज्यमा अहिले भारतीय जनता पार्टीको सरकार छ ।
तेलंगानामा तेलंगना राष्ट्रिय समिति (टीआरएस)ले अग्रता लिएको छ भने कांग्रेसले कडा टक्कर दिइरहेको छ । मिजोरममा एमएनएफ अघि रहेको छ भने कांग्रेसले पछ्याइरहेको छ ।
विधानसभा चुनावलाई प्रधानमन्त्री मोदीकोे लोकप्रियताको परीक्षाकारुपमासमेत हेरिएको छ ।
भारतमा सन् २०१९ को सुरुमा आमचुनाव हुँदैछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्