
काठमाडौं । विश्व शान्तिको कामना गर्दै दक्षिण अफ्रिकाबाट आएको अन्तर्राष्ट्रिय टोलीले काठमाडौं आएर यात्रा टुंग्याएको छ ।
दक्षिण अफ्रिकाका किन्सल हालगैटको नेतृत्वमा आएको ८ सदस्यीय टोली विभिन्न १९ देशको भ्रमण गर्दै नेपाल आई पुगेको हो ।
दक्षिण अफ्रिकास्थित एक समुन्द्रबाट ल्याएको जल काठमाडौको बौद्धस्तुपामा चढाएसंगै उनीहरुले शान्तिको लागि अभियान पुरा भएको जनाएका छन् ।
बुद्ध जन्मभूमि नेपालमा शान्ति प्राप्त गर्न सकिन्छ भन्ने उद्धेश्यले उनीहरुले बौद्ध स्तुपामा जल चढाएका हुन् ।
टोलीले बौद्ध स्तुपाको तीनपटक परिक्रमा गरी शान्तिको सन्देश नेपालबाट विश्व समुदायबीच पुर्याउने प्रतिबद्धता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्